बालबालिकामा देखिने बाथ

ठुला मानिसमा जस्तै साना बालबालिकामा पनि बाथ देखिन सक्छ. गर्भावस्थामा आमाको पेटमा रहदा
देखिनै बच्चामा बाथ देखिन सक्छ.
बच्चाहरुमा देखिने बाथका प्रकारहरु:
बालबालिकामा पनि गठिया बाथ, मेरुदण्डको बाथ, लुपुस, छालाको बाथ,माँसपेसीको बाथ, जस्ता विभिन्न
प्रकारका बाथ देखिन सक्छ.
आमामा यदि लुपुस भन्ने बाथ अथवा anti ro antibody भएमा पेटमा रहेको बच्चामा छालामा रातो डाबर
आउने, मुटुको धड्कनमा समस्या आउने हुन सक्छ. त्यहि भएर लुपुसका बिरामीहरुको गर्भवती हुनु अगाडी
anti ro antibody जांच गराउनु पर्छ र पोजेटीव भएमा बाथरोग बिशेषज्ञको सुझावमा समय समयमा
बच्चाको मुटु जाँच गराउनुपर्छ.
बालबालिकामा बाथका लक्ष्यणहरुमा प्राय देखिने भनेको जोर्नी दुखाई, जोर्नी सुन्निने, ढाड दुखने , छालामा डाबर
आउने, आँखा रातो हुने, बारम्बार ज्वोरो आउने जस्ता लक्ष्यण हुन्।
बालबालिकाको बाथको चिकित्स्या किन जरुरी हुन्छ?
बाल्यकाल भनेको बढ्ने उमेर हो. बाल्य अवस्थामा हाड जोर्नी तथा माँसपेसीको वृद्धी हुन्छ. यदि बाथको
कारण जोर्नीमा समस्या आएमा हड्डी कमजोर हुने, उचाई कम रहने, तौल कम हुने, मासुमा दुर्बलता रहने,
तथा जोर्नी बाँगिने हुन सक्छ. यस्तो जटिलता देखिए पछि गएर कामकाज गर्न मुस्किल पर्ने , अरुको भर
पर्नु पर्ने पढाईमा बाधा पुग्ने पनि हुन सक्छ.कुनै कुनै बाथ जस्तै लुपुस बालबालिकामा देखिएमा त्यस्को
जटिलताहरु जस्तै किड्नीमा समस्या बढी मात्र देखिन सक्छ.
त्यहि भएर भविष्यमा जटिलताहरु कम हाेस् र शारिरीक विकासमा पनि कुनै कमी आउन नदिन समयमा
नै बाथको उपचार गर्नु जरुरी छ.
समयमै उपचार गराउँदा साधरण मान्छेको जस्तै जीवन जिउन सम्भव हुन्छ.

Thank you for registering for the webinar. We will email you with the webinar login information. Thank you